टर्कीको मेयरको चुनावमा विपक्षीको जित

 चैत १९, २०८० सोमबार ९:२१:१५ | एजेन्सी
unn.prixa.net

टर्कीको स्थानीय चुनावमा विपक्षी दलले जित हासिल गरेको छ । यसलाई राष्ट्रपति रेसेप तैयप एर्दोगानका लागि ठूलो राजनीतिक धक्का मानिएको बीबीसीले जनाएको छ । तेस्रो पटक राष्ट्रपति चुनाव जितेको एक वर्षभन्दा कम समयमै उहाँको पार्टी एकेको पराजयले राजनीतिक विश्लेषकहरू आश्चर्यमा परेका खबरमा उल्लेख छ ।

राष्ट्रपति चुनाव जितेर एर्दोगान  राजनीतिक नेतृत्वमा पनि आफ्नो प्रभुत्व कायम गर्ने तयारीमा हुनुहुन्थ्यो ।  तर स्थानीय चुनावमा उहाँको पार्टीका उम्मेदवारको पराजयले उहाँलाई झट्का लागेको छ । एर्दोगान आफैंले इस्तानबुलमा प्रचार गरेपनि  धर्मनिरपेक्ष विपक्षी पार्टी सीएचपीका एक्रेम इमामोग्लुले चुनाव जित्नुभएको छ । एर्दोगानले इस्तानबुलको मेयर भएर त्यहीँबाट आफ्नो राजनीतिक यात्रालाई उचाइमा पुर्‍याउनुभएको थियो ।

यसपटक विपक्षी दलले प्रमुख सहर इस्तानबुल र अंकारासहित १५ वटा सहरको मेयरको चुनाव जितेको छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया