आईपीएल क्रिकेटमा आज मुम्बई र राजस्थान खेल्दै

 चैत १९, २०८० सोमबार १३:२६:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र राजस्थान रोयल्स खेल्दैछन् । यो खेल मुम्बईको वानखेडे स्टेडियममा बेलुका पौने ८ बजे शुरु हुनेछ ।

यसअघि पाँच पटकको विजेता मुम्बईले आफ्नो शुरुवाती दुवै खेल हारेको छ । राजस्थानले शुरुवाती दुवै खेल जितेको छ । राजस्थान ४ अङ्कसहित तालिकाकाे तेस्राे स्थानमा छ भने अङ्कविहीन मुम्बई नवाैँ स्थानमा छ ।

मुम्बई र राजस्थानबीच आईपीएलमा २८ वटा खेल भएकाे छ । जसमा मुम्बई १५ र राजस्थान १२ खेलमा विजयी भएकाे छ । १ खेल नतिजाविहीन भएकाे छ । मुम्बईले पाँचाैँ पटक उपाधि जित्दा राजस्थानले एक पटक विजेता बनेकाे छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया