यूएस ओपन अन्तर्राष्ट्रिय कराँतेमा नेपालकी एरिकालाई स्वर्ण

 चैत १९, २०८० सोमबार १३:३१:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – नेपालले यूएस ओपन अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा स्वर्ण पदक जितको छ । नेपालकी एरिका गुरुङले अमेरिकाको टेक्ससमा जारी प्रतियोगितामा २१ वर्षमुनिको इलाइट महिला ६८ किलोमाथि तौल समूहमा स्वर्ण पदक जितेकी हुन् । फाइनलमा उनले आयोजक अमेरिकाको खेलाडीलाई पराजित गरेकी थिइन् ।

चीनमा गएको असोजमा भएको १९औँ एसियाली खेलकुद (एसियाड) मा नेपाललाई ऐतिहासिक रजत पदक दिलाउन सफल एरिका यूएस ओपन अन्तर्राष्ट्रिय कराँतेको ६८ किलाेमाथि (सिनियर) खुलातर्फ पनि फाइनलमा पुगेकी छन् ।

नेपालका अर्का खेलाडी विप्लभलाल श्रेष्ठ पुरुष ८४ केजी मुनि तौल समूहको सेमिफाइनलमा पराजित भएका छन् ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया