दिल्लीका मुख्यमन्त्रीलाई आउँदो वैशाख ३ गतेसम्म न्यायिक हिरासतमा राख्न अदालतको आदेश

 चैत १९, २०८० सोमबार १५:१८:४१ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

जाँड–रक्सीसम्बन्धी नीति घोटाला प्रकरणमा पक्राउ परेका भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई यही अप्रिल १५ तारिख अर्थात् आउँदो वैशाख ३ गतेसम्म न्यायिक हिरासतमा राखिने भएको छ ।

मुख्यमन्त्री केजरीवाललाई दिल्लीको राउज एभेन्यु कोर्टले अप्रिल १५ सम्म न्यायिक हिरासतमा राख्न अनुमति दिएको बीबीसी हिन्दीले जनाएको छ । यसअघि केजरीवाल प्रवर्तन निर्देशनालय (ईडी) को हिरासतमा थिए ।

जाँड–रक्सीसम्बन्धी नीति घोटालाको बारेमा सोधपुछ गर्दा केजरीवालले सहयोग नगरेको ईडीले बताएको थियो । उनले आफ्नो फोनको पासवर्ड नदिएका ईडीका एसबी राजूले बताएका खबरमा उल्लेख छ ।

आज राउज एभेन्यु कोर्ट आउँदै गर्दा मुख्यमन्त्री अरविन्द केजरीवालले प्रधानमन्त्री नरेन्द्र मोदीले जे गरिरहेका छन् त्यो देशका लागि ठीक नभएको प्रतिक्रिया दिएका थिए ।

जाँड–रक्सी घोटाला प्रकरणमा केजरीवाललाई उनकै निवासबाट गएको मार्च २१ मा ईडीले पक्राउ गरेको थियो । यस प्रकरणमा एक सय करोड भारुभन्दा बढी भ्रष्टाचार भएको आरोप उनीमाथि लगाइएको छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया