जर्मनीमा गाँजाको प्रयोगलाई आंशिक वैधता

 चैत २०, २०८० मंगलबार ९:१९:२६ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

जर्मनीमा गाँजाको प्रयोगलाई आंशिक रूपमा वैधानिकता दिएसँगै त्यहाँ गाँजाको प्रयोग गैरकानुनी नहुने भएको छ । तर गाँजाको प्रयोग र कारोबारको लागि भने सरकारले तोकेको नियमभित्र हुनुपर्ने बीबीसीले जनाएको छ । देशभित्रै भईरहेको गाँजाको कालोबजारी अन्त्य गर्न जर्मन सरकारले यो निर्णय गरेको खबरमा उल्लेख छ ।

नयाँ नियमअनुसार जर्मन नागरिकले अब प्रतिघर तीनवटा गाँजाका विरुवा रोप्ने अनुमति पाएका छन् । विद्यालय, खेलकुद केन्द्र वा हिँड्ने बाटोमा बिहान ७ बजेदेखि राति ८ बजेसम्म गाँजा प्रतिबन्ध लगाईएको छ ।

यस्तै आउने जुलाईदेखि बढीमा ५ सय जनासम्मको उत्पादक सङ्घ वा सामाजिक क्लब खोलेर उत्पादन तथा व्यवसायका लागि पनि अनुमति दिइएको छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया