फिफा वरीयतामा नेपाल ३ स्थान तल झर्‍याे

 चैत २२, २०८० बिहिबार १८:१२:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – फुटबलको सर्वोच्च निकाय फिफाको विश्व वरीयतामा नेपाल तीन स्थान तल झरेको छ ।

फिफाले आज सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल एक सय ७८औँ स्थानमा छ । नेपाल गएको फ्रेबुअरीमा एक सय ७५औँ स्थानमा थियो । वरियतामा विश्वकप विजेता अर्जेन्टिना शीर्ष र उपविजेता फ्रान्स दोस्रो स्थानमा यथावत् छ ।

काठमाण्डाै – फिफा वरीयतामा नेपाल ३ स्थान तल झरेकाे छ । नयाँ वरीयताअनुसार नेपाल १ सय ७८ औँ स्थानमा छ । नेपाल यसअघि १ सय ७५ औँ स्थानमा थियाे ।

फिफा विश्वकप–२०२६ छनोटको दोस्रो चरणका खेलमा खराब प्रदर्शन गरेपछि नेपालकाे वरीयता खस्किएकाे हाे । फिफा विश्वकप छनोटको दोस्रो चरणमा समूह 'एच' मा रहेको नेपालले बहराइनसँग दुई वटा खेल खेलेको थियो । बहराइनमै भएकाे प्रतियाेगितामा नेपाल पहिलाे खेलमा ५–० र दोस्रो खेलमा ३–० ले पराजित भएकाे थियाे ।

फिफाकाे नयाँ वरीयताअनुसार अर्जेन्टिना शीर्ष स्थानमा यथावत् छ । वरीयताकाे दाेस्राे स्थानमा फ्रान्स, तेस्राे स्थानमा बेल्जियम, चाैथाे स्थानमा इङ्ग्ल्यान्ड र पाँचाैँ स्थानमा ब्राजिल छन् । यसैगरी पाेर्चुगल, नेदरल्यान्ड्स, स्पेन, इटाली र क्राेएसिया शीर्ष १० मा छन् ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया