कोलम्बियामा सेनाको हेलिकप्टर दुर्घटना हुँदा ९ जना सैनिकको ज्यान गयो

 बैशाख १८, २०८१ मंगलबार १५:१४:४९ | एजेन्सी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

कोलम्बियामा सेनाको हेलिकप्टर दुर्घटना हुँदा नौ जना सैनिकको ज्यान गएको छ । उत्तरी कोलम्बियामा आपराधिक समूह गल्फ क्लानविरुद्ध लड्नका लागि सैनिकलाई पुर्‍याएर फर्कने क्रममा सोमवार सेनाको हेलिकप्टर दुर्घटना भएको त्यहाँको राष्ट्रिय सेनालाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

हेलिकप्टर दिउँसो बेससँग सम्पर्कविच्छेद भएको र खोजी गर्ने क्रममा बोलिभर विभागको सान्ता रोजा नगरपालिका नजिकै दुर्घटनाग्रस्त अवस्थामा भेटिएको सेनाले विज्ञप्तिमा बताएको छ ।

कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले सामाजिक सञ्जालमा घटनाप्रति खेद व्यक्त गर्दै सेनाले खाडी क्लानविरुद्ध कारबाही गरिरहेको बताउनुभयो । गल्फ क्लानलाई कोलम्बियामा लागूऔषध ओसारपसार र हत्याको आरोपमा आपराधिक समूहका रूपमा चिनिन्छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया