'सी' डिभिजन लिगमा आरसी–३२ को विजयी शुरुवात

 चैत २२, २०८० बिहिबार १८:२९:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एन्फा

काठमाण्डाै – नेपाली फुटबलको तेस्रो श्रेणीको लिग शहीद स्मारक 'सी' डिभिजन लिगमा आरसी–३२ ले विजयी शुरुवात गरेको छ ।

सातदोबाटोको एन्फा कम्प्लेक्समा आज भएको उद्घाटन खेलमा आरसी–३२ फुटबल एकेडेमीले खालीबारी युथ क्लबलाई १ गोलले हरायो । आरसी–३२ का बबिन बोहराले खेलको २१ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

गएको संस्करणमा आरसी–३२ तेस्रो हुँदै 'बी' डिभिजन लिगमा बढुवा हुन सकेको थिएन । खालीबारी भने गएको सिजनमा आठौँ स्थानमा थियो । गएको सिजन झापा फुटबल क्लब र प्लानिङ ब्वाइज युनाइटेड पहिलो र दोस्रो हुँदै 'बी' डिभिजनमा बढुवा भएका थिए ।

आजदेखि शुरु भएको 'सी' डिभिजनमा १४ वटा टोली छन् । यस पटक काठमाण्डौ उपत्यकाबाहिरका पाँच वटा क्लबले खेल्दैछन् । सिङ्गल राउन्ड रोबिनका आधारमा ९१ वटा खेल हुनेछ । लिग कम्तीमा तीन महिना चल्नेछ ।

लिगको समाप्तिमा शीर्ष दुई टोली 'बी' डिभिजनमा बढुवा हुनेछन् । पुछारका दुई टोली रेलिगेशनमा पर्नेछन् । प्रतियोगितामा लिग विजेताले १० लाख, दोस्रो हुनेले सात लाख र तेस्रो हुनेले पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया