आईपीएल क्रिकेटमा पञ्जाबले गुजरातलाई ३ विकेटले हरायो

 चैत २३, २०८० शुक्रबार ६:३३:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा पञ्जाब किङ्ग्सले गुजरात टाईटन्सलाई हराएको छ । अहमदाबादमा हिजो भएको खेलमा पञ्जाबले गुजरातलाई १ बल बाँकी छँदै ३ विकेटले हराएको हो । गुजरातले दिएको २ सय रनको लक्ष्य पञ्जाबले १९ ओभर ५ बलमा  ७ विकेट गुमाएर भेटायो ।

पञ्जाबका लागि शशाङ्क सिंहले सर्वाधिक ६१ रन बनाए । गुजरातका लागि नूर अहमदले २ तथा अजमतुल्लाह ओमारजाई, उमेश यादव, राशिद खान, मोहित शर्मा र दर्शन नलकण्डेले समान १–१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९९ रन बनाएको थियो । गुजरातका लागि कप्तान शुभमन गिलले सर्वाधिक ८९ रन बनाए ।

पञ्जाबका लागि कागीसो रबाडाले २ तथा हरप्रित ब्रार र हर्षल पटेलले १–१ विकेट लिए । जितपछि ४ खेलमा २ जित हात पारेको पञ्जाब तालिकाको पाँचौँ स्थानमा छ । गुजरात ४ खेलमा समान २ जित सहित छैटौं स्थानमा  छ ।

आईपिएलमा आज सनराईजर्स हैदराबाद र चेन्नई सुपर किङ्स खेल्दैछन् । खेल हैदरावादमा नेपाली समय अनुसार बेलुका पौने ८ बजे शुरु हुने छ । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया