इंग्लिस प्रिमियर लिगमा चेल्सी र लिभरपुल विजयी

 चैत २३, २०८० शुक्रबार ८:५०:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इंग्लिस प्रिमियर लिगमा चेल्सीले म्यानचेष्टर युनाईटेडलाई हराएको छ । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा गएराति भएको खेलमा चेल्सीले  म्यानचेष्टर युनाईटेडलाई ४–३ गोलले हराएको हो । चेल्सीका लागि कोनोर गल्लाघेरले खेलको ४ मिनेटमै  गोल गरेका थिए ।

यस्तै कोले पालमरले पेनाल्टीमा २ गोलसहित ३ गोल गरेका थिए । यसैगरी म्यानचेष्टर युनाईटेडका अलेजान्द्रो गर्नाचोले २ तथा ब्रुनो फर्नानडेजले १ गोल गरे । प्रिमियर लिगमा म्यानचेष्टर युनाईटेड ३० खेलमा ४८ अङ्कसहित छैटौँ स्थानमा छ भने चेल्सी २९ खेलमा ४३ अङ्क सहित १० औँ स्थानमा छ ।

यस्तै अर्को खेलमा शीर्ष स्थानको लिभरपुलले पुछारमा रहेको सेफिल्ड युनाइटेडलाई हराएको छ । घरेलु मैदान एन्फिल्डमा गएराति भएको खेलमा लिभरपुलले सेफिल्डलाई ३–१ ले हराएको हो । लिभरपुलका लागि खेलको १७ औँ मिनेटमा डार्वीन नुनेजले , एलेक्सिस म्याक एलिस्टरले ७६ औँ मिनेटमा र कोडी गाक्पोले ९० मिनेटमा खोल गरेका थिए । यस्तै लिभरपुलका कोनोर ब्राड्लेले खेलको ५८ औं मिनेटमा गरेको आत्मघाती गोलले सेफिल्डलाई एक गोल फाइदा भएको थियो ।

प्रिमियर लिगमा ३० खेलमा ७० अङ्क रहेको लिभरपुल शीर्ष स्थानमा छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया