उपचुनावमा मुख्य दलहरुबाट उम्मेदवार टुङ्गो, भोलि उम्मेदवारी दर्ता

 चैत २३, २०८० शुक्रबार ९:२:११ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्बिर

काठमाण्डौ – प्रतिनिधिसभा अन्तर्गत इलाम क्षेत्र नम्बर २ र प्रदेशसभा अन्तर्गत बझाङ क्षेत्र नम्बर १ (क)  मा वैशाख १५ गते हुने उपचुनावको लागि मुख्य दलहरुले उम्मेदवारको टुङ्गो लगाएका छन् । चुनावी कार्यतालिका अनुसार भोलि उम्मेदवारको मनोनयन दर्ता हुँदैछ ।

मुख्य दलहरु उम्मेदवार टुङ्गो लगाएर प्रचार अभियानमा जुटिसकेका छन् । बझाङको प्रदेशसभामा भन्दा इलामको प्रतिनिधिसभाको उपचुनावमा धेरैको ध्यान केन्द्रित भएको छ ।

इलाममा कांग्रेसबाट डम्बरबहादुर खड्का, एमालेबाट सुहाङ नेम्वाङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बु, एकीकृत समाजवादीबाट जीतबहादुर राई, राप्रपाबाट लक्ष्मी गुरुङ र पहिचान पक्षधरहरूका तर्फबाट डकेन्द्रसिंह थेगिमबीच प्रतिष्पर्धा हुने भएको छ ।

यसैबीच निर्वाचन आयोगले उपचुनावका लागि मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ । स्वीकृत मतदाता नामावलीअनुसार प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नम्बर २ मा हुने उपचुनावका लागि एक लाख १५ हजार आठ सय ८९ र प्रदेशसभातर्फ बझाङ क्षेत्र नम्बर १ (क) मा ६१ हजार सात सय ४८ जना मतदाता कायम भएका छन् ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया