गर्मीका कारण बङ्गलादेशमा विद्यालय पुनः बन्द गर्न अदालतका आदेश

 बैशाख १८, २०८१ मंगलबार ९:५:२४ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

बङ्गलादेशको एक अदालतले गर्मीका कारण देशभरका विद्यालय बन्द गर्न आदेश दिएको छ । यस अघि सरकारले अत्याधिक गर्मीका कारण बन्द गरेका बिद्यालय हिजोदेखी खुलाउने निर्णय गरेको थियो । तर अदालतले गर्मी कम नभएको भन्दै आउँदो आइतवारसम्म देशभरका सबै बिद्यालय बन्द गर्न आदेश दिएको बीबीसी हिन्दीले जनाएको छ ।

यस अघि तातो हावा चल्दा बिद्यार्थी र शिक्षकको समेत ज्यान गएको पुष्टि भएपछि सरकारले एक हप्ताका लागि बिद्यालय बन्द गरेको थियो । पछिल्लो एक हप्तामा राजधानी ढाकाको औसत तापक्रम ३० वर्षको औसत तापक्रमभन्दा ४ देखी ५ डिग्री सेल्सियसले बढी रहेको छ ।

अत्याधिक गर्मीका कारण अप्रिल महिनामा मात्रै कम्तीमा सात जनाको ज्यान गएको बङ्गलादेशका अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । बङ्गलादेशको मौसम विभागले आउँदो बिहीवारसम्म तापक्रम नघट्ने जनाएको छ । यस्तै गर्मी बढेपछि फिलिपिन्सको सरकारले पनि बिद्यालय बन्द गरेको छ ।

यस्तै म्यानमारमा पनि गर्मी अत्याधिक बढेको छ । हिजो म्यानमारको चाउक सहरको ताक्रिम अहिलेसम्मकै धेरै ४८ डिग्रि सेल्सियस पुगेको थियो । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया