सुनको भाउ तोलाको १ लाख ३६ हजार नाघ्यो

 चैत २६, २०८० सोमबार ११:१८:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – सुनको भाउ आज पनि बढेको छ । हिजो तोलामा दुई हजार ९ सय रुपैयाँले बढेको सुनको भाउ आज फेरि ६ सय रुपैयाँले बढेको छ । हिजो सुनको भाउ तोलाको एक लाख ३५ हजार ६ सय रुपैयाँ रहेकोमा आज तोलाको एक लाख ३६ हजार २ सय रुपैयाँ पुगेको छ ।

यो अहिलेसम्मकै सबैभन्दा धेरै मूल्य हो । चाँदीको भाउ पनि बढेको छ । हिजो तोलाको एक हजार ६ सय ७० रुपैयाँ रहेको चाँदीको भाउ आज १५ रुपैयाँ बढेर एक हजार ६ सय ८५ रुपैयाँ पुगेको छ ।  पछिल्ला दिनहरुमा दैनिकजसो सुनको भाउ बढ्दै गएको छ ।  

गएको पुसमा तोलाको १ लाख २२ हजार रुपैयाँसम्म पुगेको सुनको भाउ फागुनको शुरुतिर घटेर १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । फेरि विस्तारै सुनको मूल्य बढ्न थालेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि त्यसको असर नेपाली बजारमा पनि परेको हो । 

रुस र युक्रेनबीचको युद्ध, अमेरिकी डलरको मूल्य मजबुत, अमेरिकाको ऋणको आकार बढ्नुलगायका कारण सुनको भाउ बढ्दै गएको व्यवसायीहरुको भनाइ छ । सुनचाँदी व्यवसायीहरुका अनुसार रुस–युक्रेन युद्धका कारण विश्वका व्यवसायी अरु क्षेत्रमा लगानी छोडेर सुन खरिदमा लागेपछि विश्व बजारमा मूल्य बढेको हो ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया