शनिवारदेखि आजसम्म एक सय १५ ठाउँमा डढेलो, काठमाण्डौ अहिले विश्वको तेस्रो प्रदूषित शहर

 चैत २६, २०८० सोमबार १५:०:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सुक्खा बढेसँगै डढेलो र प्रदूषण पनि निकै बढेको छ । फाुगनको अन्तिम र चैतको पहिलो हप्ता लागेको डढेलो पश्चिमी वायुको प्रभावले परेको वर्षाले निभाए पनि अहिले फेरि देशैका विभिन्न ठाउँमा डढेलो फैलिइरहेको छ ।

वन तथा भू–संरक्षण विभागका अनुसार अस्ति शनिवारदेखि अहिलेसम्म एक सय १५ वटा ठाउँका जङ्गलमा डढेलो लागेको छ । अहिले २३ वटा ठाउँमा डढेको लागिरहेकोमा सबैभन्दा धेरै दाङका मात्रै छ वटा ठाउँमा डढेको लागिरहेको छ । अझै केही दिन पानी पर्ने सम्भावना नरहेकाले डढेको झन बढ्ने जोखिम छ ।

स्थानीय वायुको प्रभावका कारण कतै कतै पानी परे पनि देशभरकै डढेलो निभाउने गरी पानी पर्न अझै केही दिन कुर्नुपर्ने मौसमविद्ले बताएका छन् । नयाँ पालुवा पलाउने आशा र कतै कतै बदमास मनसाय भएका व्यक्तिहरूले वनमा आगो लगाउने गरेका छन् ।

आगलागीका कारण वनस्पति र जीवजन्तुको विनाश हुनुका साथै वायु प्रदूषण पनि निकै बढेको छ । अहिले काठमाण्डौ विश्वकै तेस्रो प्रदूषित शहर बनेको छ । थाइल्यान्ड पहिलो नम्बरमा र बङ्गलादेश दोस्रो नम्बरमा छ । अहिले काठमाण्डौ उपत्यकाका सबै प्रदूषण मापन स्टेशनको हावा स्वास्थ्यका लागि हानिकारक अवस्थामा पुगेको छ । प्रदूषण बढ्दा विशेष गरेर श्वासप्रश्वासको समस्या बढ्ने तथा आँखा र छालामा समस्या देखिने गरेको छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया