सहकारीको रकम हिनामिनाबारे गृहमन्त्रीमाथि अनुसन्धान गर्न संसदीय समिति गठनको अडान कांग्रेसले नछाड्ने

 चैत २६, २०८० सोमबार १५:२:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि निष्पक्ष छानबिनका लागि संसदीय समिति गठन गरिनुपर्ने अडान नछाड्ने निर्णय निकालेको छ ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बिहान बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले सहकारी प्रकरणमा गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन गरिनुपर्ने अडानमा रहने निष्कर्ष निकालेको हो ।

बैठकपछि प्रवक्ता प्रकाशशरण महतले सहकारी प्रकरणलाई निष्पक्षरूपमा छानबिन गर्न संसदीय समिति गठन कांग्रेसको पहिलेदेखिकै 'बटमलाइन' भएकाले यसैलाई कायम राख्ने निष्कर्ष निकालेको बताउनुभयो । सभापति देउवाले यसबारे थप छलफलका लागि संसदीय दलको बैठक डाकेको पनि महतले बताउनुभयो । संसदीय दलको बैठक भोलि बिहान बस्नेछ ।

संसदमा देखिएको गतिरोध हटाउन सभामुख देवराज घिमिरेले सत्ता र प्रतिपक्षी दलका शीर्ष नेताहरूसँग आजै छलफल गर्दै हुनुहुन्छ ।

कांग्रेसले सहकारीको रकम घोटालामा गृहमन्त्री लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय छानबिन समिति बनाउन माग गर्दै संसदमा अवरोध गर्दै आएको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया