दिल्ली क्यापिटल्सले ह्यारी ब्रूकको स्थानमा लिजाड विलियम्सलाई अनुबन्ध गर्‍याे

 चैत २६, २०८० सोमबार १५:१५:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको टोली दिल्ली क्यापिटल्सले ह्यारी ब्रुकको स्थानमा दक्षिण अफ्रिकाका तीव्र गतिका बलर लिजाड विलियम्सलाई अनुबन्ध गरेको छ ।

हजुरआमाको मृत्युपछि ह्यारी ब्रुक आईपीएलबाट बाहिरिएकाले विलियम्सलाई अनुबन्ध गरेको दिल्ली क्यापिटल्सले जनाएको छ । विलियम्स ५० लाख भारुको आधार मूल्यमा क्यापिटल्समा सामेल भएका छन् । आईपीएलमा उनको यो पहिलो खेल हुनेछ ।

क्यापिटल्सले दक्षिण अफ्रिकाकै लुङ्गी एनगिडीलाई आफ्नो क्लबमा राखेको थियो तर उनी पनि घाइते भएका कारण खेल्न नसक्ने भएका छन् ।  अहिले अनुबन्ध भएका विलियम्सले ८३ वटा टी–२० खेलमा १ सय ६ विकेट लिएका छन् । उनले सन् २०२२ को अप्रिलमा भारतसँगको खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए ।

पाँच खेलमध्ये चार वटामा पराजय भएको दिल्ली क्यापिटल्स अहिले अङ्क तालिकाको पुछारमा छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया