नागरिक उन्मुक्ति पार्टीकी सुदूरपश्चिम प्रदेश सांसद इन्दिरा गिरी पदमुक्त

 चैत २६, २०८० सोमबार १६:२९:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – पार्टीभित्रको विवादका कारण नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सभाकी समानुपातिक सांसद इन्दिरा गिरीलाई फिर्ता बोलाएको छ ।

अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीबीचको विवादका कारण अध्यक्ष श्रेष्ठले सांसद गिरीलाई फिर्ता बोलाउनुभएको हो । श्रेष्ठले समानुपातिक सांसद गिरीलाई फिर्ता बोलाएको सूचना प्रदेश सभामा दर्ता गरेपछि आज सभामुखको आदेशमा प्रदेश सभा सचिवालयले गिरीलाई पदमुक्त गरेको सूचना सार्वजनिक गरेको हो ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी अहिले केन्द्रीय गठबन्धनसँग नजिक हुनुहुन्छ । तर संरक्षक रेशम चौधरी कांग्रेससँग सहकार्य गरेर सुदूरपश्चिममा सरकार बनाउने अडानमा रहेपछि विवाद बढेको हो ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया