आईएमई पे सुपर वालेटमा 'सुपर बेनिफिट'

 चैत २६, २०८० सोमबार १८:२८:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सुपर वालेटलाई परिचित गराएको आईएमई पेले नयाँ वर्ष  २०८१ का अवसरमा  सुपर वालेट प्रयोगकर्तालाई दर्जनभन्दा बढी नयाँ सुविधा दिने भएको छ ।

यस सुपर बेनीफिट प्याकेजमा आईएमई पे प्रयोगकर्ताले वालेट ब्यालेन्समा बैंकहरूले दिने बराबरको ब्याज, बैंकमा पैसा ट्रान्सफर गर्दा नि:शुल्क सेवा, हरेक कारोबारमा अधिकतम रिवार्ड पोइन्ट, स्वास्थ्य बीमा प्याकेजमा आकर्षक छुट, भर्चुअल भिसा कार्डबाट अनलाइन भुक्तानी गर्दा तुरुन्तै क्यासब्याक पाउने छन् । यसैगरी हवाई टिकट खरिदमा तथा घरायसी उपभोग्य सेवाहरूको भुक्तानीमा निरन्तर प्रोमो कोड, केबलकारको टिकट खरिदमा विशेष छुटका साथै वर्षैभरि छ हजार रुपैयाँसम्मको क्यासब्याक पाउने आईएमई पेले जनाएकाे छ ।

आईएमई डिजिटलका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले नयाँ वर्षको अवसरमा शुरुवात गर्न लागेएको थप सुविधासहितको यस प्रिमियम प्याकेजले प्रयोगकर्तालाई सुपर वालेटमा आबद्ध रहेको महसुस गराउने बताउनुभयाे । नयाँ–नयाँ प्रविधि पछ्याउँदै र ग्राहकलाई सुविधा थप्दै आईएमई पे फिनटेक क्षेत्रमा अब्बल साबित भएको प्रमुख कार्यकारी अधिकृत रेग्मीको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया