विदेशी लगानी भित्र्याउन नीतिगत सुधार आवश्यक छ : इप्पान अध्यक्ष कार्की

 चैत २६, २०८० सोमबार १८:२६:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले नेपालमा विदेशी लगानी भित्राउनका लागि तत्काल नीतिगत सुधार गर्न आवश्यक रहेको बताउनुभएको छ ।

अध्यक्ष कार्कीले सरकारले आउँदो वैशाख १६ र १७ गते गर्न लागेको लगानी सम्मेलनअघि नै वन, जग्गा तथा अन्य ऐन कानुनहरूमा देखिएका नीतिगत समस्या सुधार गर्नुपर्ने बताउनुभएको हो । उहाँले विदेशबाट धेरै लगानी ल्याउनुपर्ने अवस्था रहेकाले विदेशी बैंकले पनि नेपालको जलविद्युतको क्षेत्रमा लगानी गर्नसक्ने वातावरण बनाउनुपर्ने बताउनुभयो । विद्युतमा बैंकको पनि लगानी ल्याउनुपर्ने भएकाले सरकारले नेपाली बैंकलाई २० प्रतिशत लगानी जलविद्युतकाे क्षेत्रमा गर्नुपर्ने व्यवस्था गर्न आवश्यक रहेको कार्कीकाे भनाइ छ ।

अध्यक्ष कार्कीले इक्विटी फन्डिङ कम्पनीलाई पनि नेपालमा लगानी ल्याउन सहज बनाउनुपर्ने बताउनुभयो । उहाँले सरकारले धेरै आयोजनाको लाइसेन्स दिएर पीपीए तत्काल खुला गरे आउँदो १० वर्षमा २८ हजार पाँच सय मेगावट पुर्‍याउन सकिने दाबी गर्नुभयाे ।

इप्पानका अध्यक्ष कार्कीले सरकारले २८ हजार पाँच सय मेगावट बिजुली उत्पादन र १३ हजार मेगावट देशभित्रै खपत गर्न ४६ खर्ब रुपैयाँ आवश्यक रहेको बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया