टी–२० विश्वकपअघि वेस्ट इन्डिजको ‘ए’ टोली नेपाल आउने : पाँच अभ्यास खेल हुने

 चैत २७, २०८० मंगलबार ७:१७:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : क्यान

काठमाण्डौ – टी–२० विश्वकपअघि वेस्ट इन्डिजको ‘ए’ टोली नेपाल आउने भएको छ । आईसीसी टी–२० विश्वकपको तयारीका लागि नेपाल र वेस्ट इन्डिजको ‘ए’ टोलीले पाँच अभ्यास खेल खेल्ने भएका छन् । आउँदो जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा टी–२० विश्वकप आयोजना हुँदैछ ।

नेपाल र वेस्ट इन्डिज पनि यो विश्वकपमा छनोट भएका छन् । वेस्ट इन्डिजको क्रिकेट टोलीले पहिलो पटक नेपालको भ्रमण गर्न लागेको हो । नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार नेपाल र वेस्ट इन्डिजको टोलीबिच कीर्तिपुर मैदानमा पाँच टी–२० अभ्यास खेल हुनेछ । वेस्ट इन्डिजको टोली अप्रिल २५ देखि मे ५ तारिखसम्म काठमाण्डौमा रहनेछ । यहिबीचमा पाँच वटा टी–२० अभ्यास खेल हुनेछन् ।

सार्वजनिक तालिका अनुसार नेपाल र वेस्ट इन्डिजबीचको पहिलो खेल अप्रिल २७, दोस्रो अप्रिल २८, तेस्रो मे १, चौँथो मे २ र पाचौं तथा अन्तिम खेल मे ४ तारिखमा हुनेछ । सबै खेल टीयु क्रिकेट मैदानमा हुनेछ ।

खेल नेपाली समय अनुसार दिउँसो एक बजे शुरु हुनेछ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया