सुनसरीको चतरामा आजदेखि एक महिने महाकुम्भ मेला

 चैत २७, २०८० मंगलबार १३:१७:२१ | रासस
unn.prixa.net

तस्बिर : रासस

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतरामा आजदेखि महाकुम्भ मेला शुरु हुँदैछ । मेलाको उद्घाटनका लागि राष्ट्रपति रामचन्द्र पौडेल चतरा पुग्नुभएको छ । मेला आयोजक समितिका सहअध्यक्ष तथा बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीका अनुसार मेला एक महिनासम्म चल्नेछ ।

आउँदो वैशाख २८ गतेसम्म चल्ने मेलामा ३० लाख भक्तजन सहभागी हुने अनुमान छ । मेला व्यवस्थापनका लागि मूल समितिको मातहत रहने गरी २६ वटा समिति गठन भएका छन् । कुम्भ मेला क्षेत्रमा झण्डै पाँच सय व्यापारिक स्टल रहनेछन् । कुम्भ मेलाका क्रममा ४० दिनसम्म जाँड–रक्सी र माछामासु बिक्री/वितरण गर्न रोक लगाइएको छ ।

मेला आयोजक समितिका सहअध्यक्ष कार्कीले साविक बराहक्षेत्रको सन्देश प्रवाह गर्ने उद्देश्यले जाँड–रक्सी र माछामासु बिक्री गर्न रोक लगाएको जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया