आईपीएल क्रिकेटमा दिल्लीले लखनउलाई ६ विकेटले हरायो

 बैशाख १, २०८१ शनिबार ६:२२:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्स्ले लखनउ सुपर जायन्ट्सलाई हराएको छ । गएराति लखनउमा भएको खेलमा घरेलु टोली दिल्लीसँग ६ विकेटले पराजित भयो । लखनउले दिएको एक सय ६८ रनको लक्ष्य पछ्याएको दिल्लीले १८ ओभर १ बलमा ४ विकेट गुमाएर भेट्टायो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ६७ रन बनाएको थियो । लखनउ ५ खेलमा ६ अङ्कसहित तालिकाको चौथो स्थानमा छ । त्यस्तै ६ खेलमा ४ अङ्कसहित दिल्ली पुछारबाट दोस्रो स्थानमा रहेको छ । ६ खेलमा २ अङ्क मात्रै रहेको आरसीबी पुछारमा छ । ५ खेलमा ८ अङ्क रहेको राजस्थान रोयल्स शीर्ष स्थानमा छ ।

आईपीएल क्रिकेटमा आज पञ्जाब किङ्स र राजस्थान रोयल्स् खेल्दैछन् । पञ्जाब र राजस्थानको खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । ५ खेलमा ४ अङ्क रहेको पञ्जाब तालिकाको आठौँ स्थानमा छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया