आईपीएल क्रिकेटमा कोलकाताले लखनउ र चेन्नइले मुम्बईलाई हराए

 बैशाख ३, २०८१ सोमबार ६:४८:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जाइन्टलाई ८ विकेटले पराजित गरेको छ । लखनउले दिएको एकसय ६२ रनको लक्ष्य कोलकाताले १५ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्यो ।

त्यसअघि लखनउले निर्धारित ओभरमा ७ विकेट गुमाएर एक सय ६१ रन बनाएको थियो । पाँच खेलमा चार खेल जितेको कोलकत्ता अङ्क तालिकाको दोस्रो स्थानमा छ । ६ खेलमा तीन खेल जितेको लखनउ पाँचौँ नम्बरमा छ ।

यस्तै गएराति सम्पन्न आईपीएलकै अर्को खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इण्डियन्सलाई २० रनले हरायो । चेन्नईले दिएको दुई सय ७ रनको लक्ष्य पछ्याएको मुम्बइ ६ विकेट गुमाएर एक सय ८६ रनमै समेटियो ।

त्यसअघि मुम्बईको घरेलु मैदान वान्खडेमा चेन्नइले चार विकेट गुमाएर दुई सय ६ रन बनाएको थियो । ६ खेलमा चार खेल जितेको चेन्नइ तालिकाको तेस्रो स्थानमा छ । ६ खेलमा दुई खेल जितेको मुम्बई आठौँ नम्बरमा छ ।

आईपीएलमा आज बेलुका पौने आठ बजे रोयल च्यालेन्जर्स बैंङलुरु र सनराइजर्स हैदरावाद खेल्दैछन् । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया