सरकारले तिर्न बाँकी सार्वजनिक ऋण केही घट्यो

 बैशाख ३, २०८१ सोमबार १२:१२:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्बिर

काठमाण्डौ – सरकारले तिर्न बाँकी सार्वजनिक ऋण केही घटेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म सरकारले तिर्नुपर्ने सार्वजनिक ऋण २३ खर्ब ८५ अर्ब ७९ करोड २१ लाख रुपैयाँ रहेको छ ।

फागुनमा यस्तो ऋण २३ खर्ब ८८ अर्ब २६ करोड ४३ लाख रुपैयाँ रहेको थियो । एक महिनाको अवधिमा सरकारको सार्वजनिक ऋण दुई अर्ब ४७ करोड २२ लाख रुपैयाँले घटेको हो ।

चैत मसान्तसम्म तिर्न बाँकी कुल ऋणमध्ये ११ खर्ब ७९ अर्ब ४८ करोड चार लाख रुपैयाँ आन्तरिक ऋण रहेको र १२ खर्ब छ अर्ब ३१ करोड १७ लाख रुपैयाँ बाह्य ऋण रहेको कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्षको साउनदेखि चैतसम्मको नाै महिनामा सरकारले दुई खर्ब ३८ अर्ब ९३ करोड ९९ लाख रुपैयाँ थप ऋण लिएको छ । यस अवधिमा एक खर्ब ५२ अर्ब ५० करोड दुई लाख रुपैयाँ सावाँ भुक्तानी पनि भएको कार्यालयले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया