रुसले गरेको आक्रमणमा अहिलेसम्म सैनिकसहित झण्डै ३७ हजार जना बेपत्ता : युक्रेन

 बैशाख ५, २०८१ बुधबार ८:५८:२४ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

सन् २०२२ को फेब्रुअरीमा रूसले युक्रेनमा आक्रमण शुरु गरेयता सैनिकसहित झण्डै ३७ हजार व्यक्ति ‘बेपत्ता’ रहेका युक्रेनले जनाएको छ । रूसी सेना अझै पनि युक्रेनको पाँच भागको एक भागमा उपस्थित रहेकोले बेपत्ताको यकिन सङ्ख्या पुष्टि गर्न निक्कै कठिन रहेको उसको भनाई छ । तर बालबालिका, सर्वसाधारण र सेना गरी झण्डै ३७ हजार जना बेपत्ता भएका र यो सङ्ख्या अझै धेरै हुन सक्ने युक्रेनका मानव अधिकार आयुक्त दिमित्रो लुबिनेट्सले बताउनुभएको समाचार संस्था एएफपीले उल्लेख गरेको छ ।

मानव अधिकारवादी समूहले रूसले कब्जा गरेको क्षेत्रमा बालबालिकालाई जबर्जस्ती बेपत्ता पारेको र अपहरण गरेको आरोप लगाएका छन् । संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयले गएको मार्चमा सार्वजनिक गरेको प्रतिवेदनमा रूसको आक्रमण पछि कम्तीमा १० हजार ८ सय १० जनाको ज्यान गएको उल्लेख छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धको पहिलो दुई वर्षमा ३१ हजार युक्रेनी सैनिक मारिएका बताउनुभएको थियो ।  

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया