श्रीलंकाली संसदमा फेरि हंगामा, खुर्सानीको धुलो र कुर्सी फ्याँकियो

 मंसिर १, २०७५ शनिबार ८:४८:१७ | एजेन्सी
unn.prixa.net

श्रीलंकाली संसदमा शुक्रबार पनि हंगामा मच्चिएको छ । बिहीबार एकआपसमा झडपमा उत्रिएका श्रीलंकाली सांसद शुक्रबार झनै उग्र रुपमा उत्रिएका थिए ।

शुक्रबारको संसद बैठकमा सांसदहरुले एक अर्कामा खुर्सानीको धुलो फ्याँके । बिहीबारको कुर्सी हानाहान शुक्रबार पनि दोहोरियो । संसद बैठक उग्र भएपछि सभामुख कारु जयसूर्याले भित्रै प्रहरी बोलाउनु परेको थियो । उनले सोमबारसम्म सदनको कारबाही स्थगित पनि गरेका छन् । 

शुक्रबार राष्ट्रपति मैत्रीपाला सिरिसेनाले नियुक्त गरेका प्रधानमन्त्री महिन्दा राजापाक्षेविरुद्ध अविश्वास प्रस्ताव पास भएको छ । राजापाक्षे समर्थक सांसदहरुले विपक्षी सांसदहरुलाई अवरोध पुर्याउन हंगामा गरेका थिए । उनीहरुले प्रहरीमाथि पनि खुर्सानीको धुलो फ्याँकेका थिए ।

शुक्रबार संसदमा भएको घटनाप्रति अपदस्थ प्रधानमन्त्री रणिल विक्रमासिंघेले भने, ‘आज दिउँसोको घटना संसदको गतिरोध मात्रै होइन, यो संसदीय प्रजातन्त्रलाई नोक्सान पुर्‍याउने एउटा प्रयास थियो ।’

 

सदनमा ४५ मिनेटसम्म हंगामा मच्चिएपछि सभामुखले प्रहरी नै गुहार्नु परेको थियो । 

श्रीलंकाली राष्ट्रपतिले जननिर्वाचित प्रधानमन्त्री विक्रमासिंघेलाई हटाएर असंवैधानिक तरिकाले पूर्व राष्ट्रपति राजापाक्षेलाई प्रधानमन्त्री बनाएपछि श्रीलंकाली राजनीति तरंगित भएको छ ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया