भारतमा लोकसभा चुनावको पहिलो चरणको मतदान शुरु

 बैशाख ७, २०८१ शुक्रबार ७:१२:१९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

भारतमा लोकसभा चुनावको पहिलो चरणको मतदान शुरु भएकाे छ । लोकसभाको ५ सय ४३ सिटका लागि डेढ महिना लगाएर सात चरणमा चुनाव हुनेछ । विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक अभ्यास मानिने भारतीय चुनावमा २५ सय भन्दा धेरै राजनीतिक दल सहभागी हुँदैछन् ।

भारतीय जनता पार्टी (भाजपा), भारतीय राष्ट्रिय कांग्रेस, आम आदमी पार्टी, द्रविड मुनेत्र कझगम (डीएमके), अखिल भारतीय तृणमूल कांग्रेस (टीएमसी) लगायत मुख्य दलहरुबीच नै प्रतिस्पर्धा हुने अनुमान छ । पहिलो चरणमा २१ राज्यका एक सय २ सिटमा मतदान हुन लागेको हो ।

पहिलो चरणमा तमिलनाडु, उत्तराखण्ड, अरुणाचल, मेघालय, मिजोरम, नागाल्याण्ड, पुडुचेरी र सिक्किमको सबै निर्वाचन क्षेत्रको मतदान पूरा हुनेछ । उत्तर प्रदेशको ८, बिहारको ४, मध्यप्रदेशको ६, राजस्थानको १२, उत्तराखण्डको सबै ५ सिटका लागि मतदान हुनेछ ।

त्यस्तै, पश्चिम बङ्गालको ३, असामको ४, मेघालयको २, अरुणाचलको २, छत्तीसगढको १, महाराष्ट्रको ५, तमिलनाडुको ३९, मिजोरमको १, नागाल्याण्डको १, सिक्किमको १ र त्रिपुराको १ सिटमा मतदान हुँदैछ । चुनावको तयारी पूरा भएको भारतको निर्वाचन आयोगले जनाएको छ ।

मतदान बिहान ७ बजेदेखि शुरु भएर बेलुका ६ बजेसम्म चल्नेछ । यद्यपि, केही राज्यहरूमा मतदान समाप्त हुने समय फरक पनि छ । मतदानका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । पहिलो चरणमा १६ सयभन्दा धेरै उम्मेदवार चुनावी मैदानमा छन् । त्यसमा नौ केन्द्रीय मन्त्री, दुई पूर्व मुख्यमन्त्री र एक पूर्व राज्यपाल पनि रहेका छन् ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया