नाइजरबाट आफ्ना सेना फिर्ता गर्न थाल्ने अमेरिकाको प्रतिबद्धता

 बैशाख ८, २०८१ शनिबार १८:१६:३९ | एजेन्सी
unn.prixa.net

एजेन्सी

ठूलो विरोध प्रदर्शनपछि अमेरिकाले नाइजरबाट आफ्ना सेना छिटै फिर्ता गर्ने प्रतिबद्धता जनाएको छ । पश्चिम अफ्रिकी देश नाइजरमा अमेरिकी सेना फिर्ताको माग गर्दै केही दिनयता आन्दोलन चर्किएको छ । गएको मार्चमै अमेरिकाले आफ्ना सेना फिर्ता गर्ने सम्झौतामा हस्ताक्षर गरेको थियो तर अहिलेसम्म पनि सात सय जना सैनिक नाइजरमै रहेका छन् ।

यसै विषयमा अमेरिकी उप–विदेशमन्त्री कर्ट क्याम्पबेल र नाइजेरियाका प्रधानमन्त्री अली महामान लामिन जेइनबीच हिजो भेटवार्ता पनि भएको छ । भेटमा क्याम्पबेलले आफ्ना सैनिक फिर्ता लिन शुरु गर्ने प्रतिबद्धता जनाउनुभएको कतारी सञ्चारमाध्यम अल जजिराले जनाएको छ ।

अमेरिकाले नाइजरको साहेल क्षेत्रमा अल कायदा र आईएसआईएसविरुद्ध लड्न भन्दै सेना घटाएको थियो । पश्चिम अफ्रिकाबाट अहिले पश्चिमा देशका सेना हटाउने अभियान नै चलेको छ । यसअघि छिमेकी माली र बुर्किना फासोमा विद्रोहीले ठूलो क्षेत्र कब्जा गरेपछि फ्रान्सको सेनालाई धपाएका थिए ।

पश्चिम अफ्रिकी देश अहिले रुसतर्फ ढल्किएका छन् । रुसले नाइजर, माली र बुर्किनाफासोमा सैन्य प्रशिक्षक र हवाई रक्षा प्रणाली र अन्य सैन्य उपकरण पठाएको छ । 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया