आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा : आज चार वटा खेल हुँदै

 बैशाख ९, २०८१ आइतबार ८:३२:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

एजेन्सी

काठमाण्डौ – आर्सनल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा पुगेको छ । गएराति भएको खेलमा आर्सनलले उल्भ्सलाई २–० गोलले हरायो । जितसँगै आर्सनलले एक खेल कम खेलेको म्यानचेस्टर सिटी र लिभरपुललाई पछि पार्दै शीर्ष स्थानमा पुगेको हो ।

आर्सनलको ३३ खेलमा ७४ अङ्क छ । एक खेल कम खेलेका सिटीको ७३ र लिभरपुलको ७१ अङ्क छ । प्रिमियर लिगमा हिजो भएका खेलमा ब्रेन्टफोर्डले लुटन टाउनलाई ५–१ गोलले र बर्नलीले सेफिल्ड युनाइटेडलाई ४–१ गोलले हराएको छ ।

आज चार वटा खेल हुँदैछन् । एभर्टन र नटिङघम फरेस्ट नेपाली समयअनुसार बेलुका सवा ६ बजे, क्रिस्टल प्यालेस र वेस्ट ह्याम तथा एस्टनभिल्ला र बर्नमाउथ बेलुका पौने ८ बजे तथा लिभरपुल र फुलहम राति सवा ९ बजे खेल्नेछन् ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया