चेल्सीलाई हराउँदै म्यानचेस्टर सिटी एफए कपको फाइनलमा

 बैशाख ९, २०८१ आइतबार ९:७:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

एजेन्सी

काठमाण्डौ – चेल्सीलाई हराउँदै साविक विजेता म्यानचेस्टर सिटी एफए कपको फाइनलमा पुगेको छ । गएराति भएको पहिलो सेमिफाइनलमा सिटीले चेल्सीलाई १–० गोलले हरायो । सिटीको जितमा बर्नार्डो सिल्भाले खेलको ८४औं मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

सिटीले अब दोस्रो सेमिफाइनलमा आज हुने म्यानचेस्टर युनाइटेड र कभेन्ट्री सिटीबीचको खेलमा विजेता टोलीसँग उपाधिका लागि खेल्नेछ । यो खेल नेपाली समयअनुसार बेलुका सवा ८ बजे शुरु हुनेछ । फाइनल खेल मे २५ तारिखमा हुनेछ । अघिल्लो संस्करणमा सिटीले युनाइटेडलाई हराउँदै उपाधि जितेको थियो ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया