इन्टर मिलान इटालियन सिरी ‘ए’ को च्याम्पियन

 बैशाख ११, २०८१ मंगलबार ९:२६:१ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – इन्टर मिलान यस सिजन (२०२३–२४) को इटालियन सिरी ‘ए’ फुटबलको च्याम्पियन बनेको छ । मिलानोमा गएराति भएको मिलान डर्वीमा एसी मिलानलाई २–१ गोलले हराउँदै इन्टर च्याम्पियन बनेको हो । इन्टरले २० औँ पटक सिरी ‘ए’ को उपाधि जितेको छ । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बन्न सफल भयो ।

तालिकामा शीर्ष स्थानमा रहेको इन्टरले दोस्रो स्थानको एसी मिलानलाई १७ अङ्कले पछि पारेको छ । इन्टरले बाँकी सबै खेलमा हार र मिलानले सबै खेलमा जित निकालेपनि अब उपाधिका लागि कुनै फरक पर्ने छैन । मिलानले १९ औँ पटक यो उपाधि जितेको छ । युभेन्ट्सले कीर्तिमानी ३६ पटक उपाधि जितेको छ ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया