प्रिमियर लिगमा दोस्रो स्थानको लिभरपुल एभर्टनसँग पराजित

 बैशाख १३, २०८१ बिहिबार ७:२५:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा दोस्रो स्थानको लिभरपुल एभर्टनसँग पराजित भएको छ । लिभरपुलको घरेलु मैदान गुडिसन पार्कमा गएराति भएको खेलमा एभर्टनले लिभरपुललाई  २–० ले हराएको हो । एभर्टनका लागि  खेलको २७ औँ मिनेटमा जाराड ब्रान्थवेटले गोल गरे ।

यस्तै ५८ औँ मिनेटमा  डोमिनिक काल्भर्ट लेविनले गोल गरेर जित सुनिश्चित गरे । अङ्क तालिकामा ३४ खेलमा ७७ अङ्कसहित आर्सनल शीर्ष स्थानमा छ ।  समान खेलमा लिभरपुलको ७४ अङ्क छ ।

यस्तै अर्को खेलमा म्यानचेष्टर युनाइटेडले सेफिल्डलाई ४–२ ले हराएको छ । गएराति नै भएका अरु खेलमा क्रिष्टल प्यालेसले न्युक्यासललाई २–० ले हराउँदा बर्नमाउथले उल्भ्सलाई १–० ले हराएको छ ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया