प्रिमियर लिगमा लिभरपुल र चेल्सी विजयी : ११ औँ स्थानको ब्राइटनले चौथो स्थानको एस्टन भिल्लालाई हरायो

 बैशाख २४, २०८१ सोमबार ९:२:१७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल विजयी भएको छ । हिजो भएको खेलमा लिभरपुलले टोटनहमलाई ४–२ ले हराएको हो । खेलको १६ औँ मिनेटमा मोहम्मद सालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । ४५ औँ मिनेटमा लिभरपुलका लागि एन्ड्रयु रोबर्टसनले दोस्रो गोल गरे । ५० औँ मिनेटमा गाक्पोले लिभरपुलका लागि तेस्रो गोल गरे ।

यस्तै खेलको ५९ औँ मिनेटमा लिभरपुल हार्वी इलियटले चौथो गोल गरेका हुन् । टोटनहमले दुई गोलले भने फर्काएको थियो । उसका रिचार्लिसनले खेलको ७२ औँ  मिनेटमा एक गोल फर्काए । यस्तै ७७ औँ मिनेटमा कप्तान सन ह्युङ–मिनले दोस्रो गोल गरे । जित पछि लिभरपुल ३६ खेलमा ८१ अङ्कसहित तालिकाको तेस्रो स्थानमा यथावत् छ । टोटेनहम भने ३५ खेलमा ६९ अङ्कका साथ पाचौँ स्थानमा रहेको छ ।

प्रिमियर लिगको हिजो भएको अर्को खेलमा चेल्सीले सानदार जित दर्ता गरेको छ । चेल्सीले वेस्ट ह्यामलाई  ५–० को फराकिलो अन्तरले हराएको हो । चेल्सीका कोल पालमरले खेलको १५औँ मिनेटमा पहिलो गोल गरे । ३० औँ  मिनेटमा कनर ग्यालाघरले र त्यसको ६ मिनेट पछि नोनी मडुएकेले गोल गरे ।

खेलको ४८ औँ मिनेटमा निकोलस ज्याक्सनले चौथो गोल गरे भने ८० औँ मिनेटमा ज्याक्सनले नै अर्को गोल थपे । जितपछि चेल्सी ३५ खेलमा ५४ अङ्कसहित सातौँ स्थानमा उक्लिएको छ । वेस्ट ह्याम ३६ खेलमा ४९ अङ्कसहित नवौँ स्थानमा छ । 

हिजो भएको अर्को खेलमा ब्राईटनले एस्टन भिल्लालाई १–० ले हराएको छ ।  खेलको ८७ औँ मिनेटमा ब्राईटनका जोआओ पेड्रोले गोल गरे । ३५ खेलमा ४७ अङ्क रहेको ब्राइटन ११ औँ स्थानमा छ भने एस्टन भिल्ला ३६ खेलमा ६७ अङ्क सहित चौथो स्थानमा छ । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया