रवि लामिछानेसहित पाँच जनाको जिल्ला अदालत कास्कीमा बयान
पुस ८, २०८१ सोमबार
बाँके – राप्ती नदीमा सिधनियाघाट निर्माणका लागि सर्वपक्षीय भेलामार्फत पहल शुरु भएको छ । हिन्दु धर्मावलम्बीले मानिसको मृत्युपछि अन्तिम दाहसंस्कार गर्दै आएको डुडुवा गाउँपालिका–४ राप्ती नदीको सिधनियाघाटलाई व्यवस्थित रुपले निर्माण गर्नका लागि सरोकारवाले बृहत् छलफल गरेका हुन् ।
मलमपट्टी मर्निङ वाक ग्रुप नेपालगञ्जको समन्वयमा हिजो भएको छलफलमा बाँके क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य डाक्टर धवलशमशेर राणाले घाटलाई व्यवस्थित रुपले निर्माण गर्नका लागि आफूले संसदीय विकास कोषबाट आउँदो आर्थिक वर्षमा एक करोड ५० लाख रुपैयाँ विनियोजन गर्ने र एक महिनाको पारिश्रमिक प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
भेलाले संरक्षक डाक्टर सुरेशकुमार कनोडियाको संयोजकत्वमा मूल समिति गठन गरेको छ । डाक्टर कनोडियाले आगामी एक वर्षभित्रमा तत्कालका लागि आवश्यक भौतिक संरचना दाहसंस्कार गृह, मलामी बस्नका लागि टहरालगायत कार्य गर्नका लागि प्रयास गरिने बताउनुभयो ।
सहभागीले राप्ती नदीको घाटमा नदीको कटानका कारण स्थायी रुपले दाहसंस्कार गर्ने स्थल बनाउन समस्या रहेको, कहिले पूर्व कहिले पश्चिमतिर दाहसंस्कार गर्नुपर्ने बाध्यता रहेको, मलामी बस्ने ठाउँ नहुँदा गर्मी महिना र वर्षाको महिनामा अत्यन्तै समस्या रहेको लगायतका विषयमा छलफल भएको ग्रुपका सदस्य एवम् अधिकारकर्मी भोला महतले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।