एनआरटीलाई हराउँदै चर्च ब्वाइजलाई झापा कप फुटबलको उपाधि
पुस ८, २०८१ सोमबार
तनहुँ – तनहुँ जलविद्यु्त् आयोजनाले आपतकालीन तयारी योजनाअन्तर्गत सेती नदी आसपासका १५ ठाउँमा 'अलर्ट साइरन' जडानको काम शुरु गरेको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको आयोजनाले तनहुँको भीमाददेखि चितवनको घुमाउनेसम्म जडान गर्न लागेको हो ।
झन्डै ३५ किलोमिटर दुरीमा 'अलर्ट साइरन' राखेर नदी तटीय क्षेत्रका समुदायको सुरक्षाका लागि अग्रिम सूचना दिन लागेको आयोजनाले जनाएको छ । भीमादको हुक्सेटार, दमौलीको तनहुँ सभाहल र आयोजना क्याम्पभित्र गरी तीन ठाउँमा जडान गरिसकिएको तनहुँ जलविद्युत् आयोजना वातावरण अधिकृत विशाल भट्टराईले जानकारी दिनुभयो ।
उहाँकाअनुसार इलाका प्रहरी कार्यालय बन्दीपुर साराडघाटसहित बाँकी ठाउँमा पनि बर्खाअघि नै 'अलर्ट साइरन' राखिसक्ने योजना छ । 'अलर्ट साइरन' वायरलेस र सोलारबाट चल्ने छन् । आयोजना प्रवर्द्धक तनहुँ हाइड्रोपावरका प्रबन्ध–सञ्चालक किरणकुमार श्रेष्ठले बाढी पहिरोको समयमा अग्रिम सूचना दिनका लागि 'अलर्ट साइरन' उपयोगी हुने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।