आईपीएल क्रिकेटमा चेन्नईलाई २७ रनले हराउँदै आरसीबी प्लेअफमा

 जेठ ६, २०८१ आइतबार ६:३५:३ | उज्यालो सहकर्मी
unn.prixa.net

एजेन्सी

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किंग्सलाई हराउँदै रोयल च्यालेन्जर्स बेंगलूरु (आरसीबी) प्लेअफमा पुगेको छ । गएराति भएको लिग चरणको आफ्नो अन्तिम खेलमा आरसीबीले साविकको उपाधि विजेता टोली चेन्नईलाई २७ रनले हरायो । आरसीबीलाई प्लेअफमा पुग्न कम्तीमा १८ रनको जित आवश्यक थियो ।

आरसीबीले दिएको दुई सय १९ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ९१ रन मात्र बनाउन सक्यो । चेन्नईका रचिन रवीन्द्रले सर्वाधिक ६१ रन बनाए । आरसीबीका यश दयालले दुई विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली आरसीबीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर दुई सय १८ रन बनाएको थियो । आरसीबीका कप्तान फाप्प डु प्लेसिसले सर्वाधिक ५४ रन बनाए । चेन्नईका शार्दुल ठाकुरले दुई विकेट लिए ।

पहिलो आठ खेलमा एक खेल मात्र जितेको आरसीबी त्यसपछिका लगातार छ खेल जित्दै अङ्क तालिकाको चौथो स्थानमा रहन सफल भएको हो । आईपीएल क्रिकेटमा आज दिउँसो पौने ४ बजे सनराइजर्स हैदरावाद र पञ्जाव किङ्ग्स खेल्दैछन् ।

यस्तै बेलुका पौने आठ बजे राजस्थान रोयल्स र कोलकत्ता नाइट राइडर्सबीच खेल हुनेछ । १६ अङ्क रहेको राजस्थान र १५ अङ्क रहेको सनराईजर्स राउण्ड रोबिन चरणको दोस्रो स्थानमा रहन प्रयासरत छन् ।

अन्तिम अपडेट: कात्तिक ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया