पहाडी केही क्षेत्रको मौसम आंशिक बदली : थोरै ठाउँमा हल्का वर्ष...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डौ – राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले मिसन–२०२६ अन्तर्गत दोस्रो चरणमा राष्ट्रिय टोली तयारीको विशेष प्रशिक्षणका लागि पाँच वटा खेल थप गरेको छ । यसअघि पहिलो चरणमा पनि पाँच खेल समावेश गरिएका थिए । राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङकाअनुसार थप गरिएका खेलमा महिला कबड्डी, महिला भलिबल, भारोत्तोलन, कुस्ती र एथलेटिक्स रहेका छन् ।
मिसन–२०२६ अन्तर्गत पहिलो चरणको विशेष प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकका लागि आयोजित कार्यक्रममा घिसिङले दोस्रो चरणमा ५२ खेलाडी र १० प्रशिक्षकलाई समावेश गरिएको जानकारी दिनुभयो । कबड्डी र भलिबलमा १२–१२, भारोत्तोलन र कुस्तीमा पाँच–पाँच तथा एथलेटिक्समा चार–चार पुरुष र महिला खेलाडीलाई समावेश गरिएको छ ।
पहिलो चरणमा कराते, तेक्वान्दो, उसु, जुडो र बक्सिङका ५० खेलाडी तथा १० प्रशिक्षक यतिबेला तयारी प्रशिक्षणमा छन् । जापानमा हुने २० औँ एसियाली खेलकुद तथा त्यसअगाडि हुने विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितालाई ध्यान दिएर राखेपले २०८० माघ १५ गतेदेखि मिसन–२०२६ अन्तर्गत पहिलो चरणमा पाँच खेल समावेश गरी राष्ट्रिय टोली तयारीको विशेष प्रशिक्षण थालेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।