मध्यपूर्वको द्वन्द्वले दीर्घकालसम्म असर पार्ने अन्तर्राष्ट्रिय मुद्रा ...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डौ – आईसीसी टि–२० विश्वकपअन्तर्गत समूह 'डी' को खेलमा दक्षिण अफ्रिकाले नेदरल्याण्डस्लाई चार विकेटले पराजित गरेको छ ।
नेदरल्याण्डस्ले दिएको एक सय चार रनको सामान्य लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १८ ओभर पाँच बलमा छ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । दक्षिण अफ्रिकाका लागि डेभिड मिलरले सर्वाधिक अविजित ५९ रन बनाए । नेदरल्याण्डसका भिभियन किङ्मा र लोगान भ्यान बेकले समान दुई विकेट लिए । पॉल भ्यान मिकरेनले एक विकेट लिए ।
यसअघि न्यू योर्कमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा नौ विकेट गुमाएर एक सय तीन रन बनाएको थियो । नेदरल्याण्ड्सका लागि साइब्रान्ड एंगलब्रेक्टले ४० रन बनाए ।
लगातार दुई खेल जितेको दक्षिण अफ्रिका चार अङ्कसहित समूह 'डी' को शिर्षस्थानमा छ । दुई मध्य एक खेल जितेको नेदरल्याण्डस् दुई अङ्कसहित तेस्रो स्थानमा छ । समूह 'डी' मा बैगलादेशको दुई अङ्क छ । नेपाल र श्रीलंकाको अङ्कविहिन छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।