शेयर बजार झन्डै २९ अङ्कले बढ्यो
पुस ८, २०८१ सोमबार
कास्की – गण्डकी प्रदेश सरकारले पर्यटकीय राजधानी पोखरामा ‘पोखरा जाऔँ– प्रकृति र संस्कृतिसँग रमाऔँ’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । पर्यटकीय राजधानी घोषणा भएपछिको पहिलो नीति तथा कार्यक्रममा यो विषयलाई समेटिएको हो ।
सरकारको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम हिजो प्रस्तुत गर्दै गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले पर्यटकीय राजधानी पोखरालाई केन्द्रविन्दुमा राखेर कार्यक्रम लागू गरिने बताउनुभयो । आन्तरिक पर्यटन प्रवर्द्धन गर्न ‘पहिले घरदेश अनि परदेश’ कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा भनिएको छ ।
नयाँ पर्यटकीय गन्तव्यको पहिचान, पर्यटकीय उपजको विविधीकरण, वैकल्पिक पदमार्गको निर्माण, हिमाल आरोहणको प्रवर्द्धन, पर्यटकको सेवा तथा सुविधा विकास र विस्तार गरिने सरकारको योजना छ ।
सार्वजनिक–निजी साझेदारीमार्फत पर्यटकीय पूर्वाधार निर्माण, पर्यटकीय उपजको पार्श्वचित्र निर्माण, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ब्राण्डिङ र प्रचारप्रसारमा जोड दिइने प्रदेश प्रमुख भट्टले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।