शेयर बजार झन्डै २९ अङ्कले बढ्यो
पुस ८, २०८१ सोमबार
गएको हप्ता पूर्वी अफ्रिकी देश मोजाम्बिकमा आएको चक्रवात चिडोका कारण ९४ जनाको ज्यान गएको छ ।
फ्रान्सेली द्वीप समूह मेयोटमा आएको ‘चिडो’ नामक चक्रवातका कारण मोजाम्बिकमा ९४ जनाको ज्यान गएको फ्रान्सको नेशनल इन्स्टिच्युट अफ रिस्क एन्ड डिजास्टर म्यानेजमेन्टले जनाएको छ । हिन्द महासागरको मायोटे टापुलाई चिरेर मोजाम्बिकमा आएको चिडो आँधीका कारण अरु धेरैको ज्यान गएको हुनसक्ने अनुमान रहेको छ ।
सात सय ६८ जना घाइते र ६ लाख २२ हजारभन्दा धेरै प्रभावित भएकाे तथ्याङ्क बीबीसीले उल्लेख गरेको छ । चिडोका कारण गएको हप्ता मोजाम्बिकमा २ सय ६० किलोमिटर प्रतिघण्टाको गतिमा हावा र पहिलो २४ घण्टामा २ सय ५० मिलिमिटर वर्षा भएको थियो ।
यही चक्रवातले मोजाम्बिक, मलावी र जिम्बाब्वेमा सर्नु अघि फ्रान्सेली हिन्द महासागर क्षेत्र मेयोटमा पहिलो पटक विनाश मच्चाएको थियो ।
चक्रपात चिडो मेयोट द्वीपसमूहमा ९० वर्षपछिको सबैभन्दा खराब आँधी रहेको खबरमा उल्लेख छ । आँधीपछि मोजाम्बिकमा प्रत्येक दिन खाद्यान्न र उपकरणहरू भरेर सय टन सामग्री वितरण भइरहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।