कोपा अमेरिका भोलिदेखि, उद्घाटन खेलमा अर्जेन्टिना र क्यानडा खेल्दै

 असार ६, २०८१ बिहीबार १८:३४:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – दक्षिण अमेरिकी महादेशको फुटबल प्रतियोगिता कोपा अमेरिका २०२४ भोलिदेखि अमेरिकामा शुरु हुँदैछ । उद्घाटन खेलमा भोलि बिहान पौने ६ बजे एटलान्टामा अर्जेन्टिना र क्यानडा खेल्दैछन् ।

भोलिदेखि शुरु हुने ४८ औँ संस्करणको प्रतियोगिता आउँदो जुलाई १५ तारिखसम्म चल्नेछ । प्रतियोगितामा पहिलो पटक १६ वटा देश सहभागी हुँदैछन् जसमा दक्षिण अमेरिकाबाट १० तथा उत्तर र मध्य अमेरिकी क्षेत्रबाट ६ देशले प्रतिस्पर्धा गर्दैछन् । यसअघि यो प्रतियोगितामा १२ वटा देश सहभागी हुँदै आएका थिए ।

प्रतियोगिताभरि १४ वटा रङ्गशालामा खेल खेलाइनेछ । फाइनल खेल मियामीको हार्ड रक स्टेडियममा हुनेछ ।

प्रतियोगितामा १६ वटा टोलीलाई ४ वटा समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा पूर्वविजेता अर्जेन्टिनासहित पेरु, चिली र क्यानडा रहेका छन् । यस्तै समूह ‘बी’ मा मेक्सिको, इक्वेडर, भेनेजुएला र जमैका रहेका छन् । समूह ‘सी’ मा अमेरिका, उरुग्वे, पनामा र बोलिभिया रहेका छन् । यसैगरी समूह ‘डी’ मा ब्राजिल, कोलम्बिया, पराग्वे र कोस्टारिका रहेका छन् ।

अर्जेन्टिना र उरुग्वे कोपा अमेरिकाका सबैभन्दा सफल टिम हुन् । दुवै टिमले समान १५ पटक उपाधि जितेका छन् । यस्तै ब्राजिलले ९ पटक उपाधि जितेको छ ।

अन्तिम अपडेट: कात्तिक १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया