युरो कप फुटबलमा फ्रान्स र नेदरल्यान्ड्सको गाेलरहित बराबरी, युक्रेन र अस्ट्रिया विजयी

 असार ८, २०८१ शनिबार ६:१५:२० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – युरो कप फुटबलमा फ्रान्स र नेदरल्यान्ड्सले गोलरहित बराबरी खेलेका छन् । लाइपजिगमा आज बिहान भएको समूहको आफ्नो दोस्रो खेलमा फ्रान्स र नेदरल्यान्ड्सले बराबरी खेल्दै अङ्क बाँडेका हुन् । फ्रान्सका केलियन एमबाप्पेले चोटका कारण यो खेल खेलेनन्

बराबरीसँगै दुवै टोलीको २ खेलमा ४ अङ्क भएको छ । गो लअन्तरका आधारमा नेदरल्यान्ड्स समूह 'डी' मा शीर्ष स्थानमा र फ्रान्स दोस्रो स्थानमा छ ।

यही समूहको अर्को खेलमा अस्ट्रियाले पोल्यान्डलाई ३–१ गोलले हराएको छ । जितसँगै अस्ट्रिया तेस्रो र पोल्यान्ड पुछारमा छ ।

यस्तै गए राति भएको समूह 'ई' को खेलमा युक्रेनले स्लोभाकियालाई २–१ गाेलले हरायो । स्लोभाकियाले खेलको १७ औँ मिनेटमा अग्रता लिएको थियो तर जोगाउन सकेन । युक्रेनले खेलको ५४ औँ र ८० औँ मिनेटमा गोल गर्‍याे ।

याेसँगै समूह 'ई' मा ३ वटा टोलीको समान ३ अङ्क भएको छ । १ खेल खेलेको रोमानिया ३ अङ्कसहित शीर्ष र २ खेल खेलेका युक्रेन दोस्रो र स्लोभाकिया तेस्रो स्थानमा छ ।

अन्तिम अपडेट: कात्तिक १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया