वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा बिजुली कटौती हुन थालेपछि ...
पुस ८, २०८१ सोमबार
लमजुङ – पहिरोले तनहुँको डुम्रे–लमजुङको बेँसीशहर र मनाङको चामे जोड्ने सडक अवरुद्ध भएको छ । गएरातिदेखि परेको पानीले सडकका विभिन्न ठाउँमा पहिरो खसेर अवरुद्ध भएको हो ।
प्रहरीका अनुसार तनहुँतर्फ बेँसीशहर नगरपालिका–१ दलाल र मनाङतर्फ खरखरे भिरमा पहिरो खसेकाले सडक अवरुद्ध भएको हो । खरखरे भिरमा ठूला–ढुङ्गासहितको पहिरो खसेको छ ।
सडक अवरुद्ध हुँदा लमजुङको बेँसीशहरबाट मनाङ जाने तथा तनहुँ हुँदै काठमाण्डौ, पोखरा, चितवन आउने/जाने गाडी र यात्रु अलपत्र परेका छन् । बन्द सडक खुलाउन प्रयास भइरहेको पनि प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।