जेनेरेटिभ एआईको प्रयोगले बालबालिकाको सिर्जनात्मक क्षमता र बौद्धिक विकासमा असर

 पुष ८, २०८१ सोमबार ९:३२:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पछिल्लोपटक लोकप्रिय बन्दै गएको जेनेरेटिभ एआईको प्रयोगले बालबालिकाको सिर्जनात्मक क्षमता र बौद्धिक विकासमा बाधा उत्पन्न गरिरहेको एक अध्ययनले देखाएको छ ।

युनिसेफ र चाइल्ड सेफनेटले संयुक्त रूपमा गरेको ‘नेपाली बालबालिकाको अनलाइन सुरक्षामा जेनेरेटिभ एआईको प्रभाव’ अध्ययन प्रतिवेदनले सिर्जनात्मक सीप अभिवृद्धिमा जेन–एआई बाधक रहेको देखाएको हो ।

कृत्रिम बुद्धिमत्ता अर्थात एआईको युगमा विश्व समुदाय प्रवेश गरिरहँदा  ‘जेनेरेटिभ एआई’को प्रयोग अहिले विश्वव्यापी रूपमै बढ्दो छ । प्रविधि मार्फत जेसोध्यो त्यही प्रश्नको जवाफ दिनेदेखि फोटो, भिडियो, ध्वनि, सङ्गीत, कथा, कविता, कम्प्युटर कोड, गणितका जटिल हिसाबको समाधान ‘जेनेरेट’ गरिदिन सक्ने जेनेरेटिभ एआईको प्रयोग व्यापक बनेको हो ।

यसले दैनिकी सहज बनाए पनि बालबालिकाको सिर्जनात्मक र सीप विकासमा भने असर पर्ने जोखिम रहेको विज्ञहरूले बताएका छन् ।

काठमाण्डौ र ललितपुरका ६ सय ३१ जना बालबालिकामा गरिएको अध्ययन अनुसार ६८ प्रतिशत बालबालिका जेन–एआईबारे जानकार रहेको र ४६ प्रतिशतले प्रयोग गर्ने गरेका छन् । बालबालिकाले गृहकार्य गर्न, नयाँ सीप सिक्न र फेसनसम्बन्धी जानकारी प्राप्त गर्न जेन–एआई प्रयोग गर्ने गरेको अध्ययनमा उल्लेख छ ।

अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै चाइल्ड सेफनेटकी कार्यक्रम अधिकृत युरिस्ना शाक्यले जेन–एआईले बालबालिकालाई सरल र छिटो उत्तर दिन सक्ने भए पनि यसले उनीहरूको सोच्ने, समस्या समाधान गर्ने र नयाँ कुरा सिर्जना गर्ने क्षमतामा बाधा पुर्‍याउने अध्ययनको निष्कर्ष रहेको बताउनुभयो ।

अध्ययनले ६५ प्रतिशतभन्दा बढी बालबालिकाले च्याटजीपीटीलाई जेन–एआईको सबैभन्दा लोकप्रिय उपकरणका रूपमा प्रयोग गरेको देखाएको छ ।

कार्यक्रममा  बालबालिकाको अनलाइन सुरक्षाका लागि अभिभावक र प्रविधि कम्पनी जिम्मेवार रहेको चाइल्ड सेफनेटका संस्थापक अनिल रघुवंशीले बताउनुभएको छ । बालबालिकाको डिजिटल सुरक्षाका लागि सरकार, निजी क्षेत्र र नागरिक समाजको सहकार्य अपरिहार्य भएको युनिसेफ नेपालले जनाएको छ ।

कार्यक्रममा तीव्र रूपमा विकसित भइरहेको डिजिटल परिवेशमा बालबालिकाले अनलाइनमा सामना गररिहेका जोखिम र चुनौतीहरू समाधान गर्न तथा बालबालिकाको लागि इन्टरनेट सुरक्षित बनाउन प्रमुख जिम्मेवार निकाय तथा सरोकारवालाहरूबीच छलफल पनि भएको छ । 
 

अन्तिम अपडेट: पुस ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया