विद्युत् प्रसारण र वितरण प्रणाली सुधार एवम् बिस्तारमा झन्डै ७३ अ...
पुस ८, २०८१ सोमबार
जनकपुर – मधेश प्रदेशका जिल्लामा अरु प्रदेशका तुलनामा अपाङ्गता भएका बालबालिकाको सङ्ख्या बढी रहेको छ ।
राष्ट्रिय बालअधिकार परिषद र सेभ द चिल्ड्रेनको सहयोगमा हिजो भएको प्रदेशस्तरीय छलफल कार्यक्रममा मधेशमा अरु प्रदेशका तुलनामा अपाङ्गता भएका बालबालिका बढी रहेका जानकारी दिइएको हो ।
राष्ट्रियस्तरमा एक दशमलव २३ प्रतिशत अपाङ्गता भएका बालबालिका रहेकामा मधेशमा बढी रहेको पाइएको परिषद्का प्रशासन महाशाखाका प्रमुख एवम् सूचना अधिकारी रामबहादुर चन्दले जानकारी दिनुभयो ।
उनीहरूको स्वास्थ्य शिक्षा तथा सीप विकाससँगै रोजगारीमा नीतिगत तहदेखि नै योजना बनाएर कार्यान्वयन गर्दै जानुपर्ने उहाँको भनाइ छ । उहाँले प्रस्तुत गर्नुभएको कार्यपत्रमा अपाङ्गता हुनसक्ने जोखिम कम गर्न गर्भवतीको नियमित स्वास्थ्य जाँचसहित स्वस्थ खानपानमा विशेष ध्यान दिनुपर्ने उल्लेख छ ।
शिक्षा तथा मानव श्रोत विकास केन्द्र सानोठिमीका प्रतिनिधि दिपक माझीले कार्यपत्र प्रस्तुत गर्दै गर्भमा रहेको शिशुको नियमित परिक्षण गरी स्वास्थ्य अवस्था पहिचान गरेर सुरक्षाका कदम चालेमा जन्मिँदै अपाङ्गता हुनेको सङ्ख्यामा कमी ल्याउन सकिने बताउनुभयो ।
जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साहले अपाङ्गता भएकाको स्वास्थ्य र शिक्षाका क्षेत्रमा उपमहानगरले योजनाबद्ध रूपमा काम गरिरहेको बताउँदै अपाङ्गता भएकाको वर्गीकरण गरेर सामाजिक सुरक्षा भत्ताका लागि परिचयपत्र दिन थालिएको जानकारी दिनुभयो ।
मधेश प्रदेशका नीति तथा योजना आयोगका सदस्य डा.शिला मिश्रले प्रदेश सरकारले अपाङ्गमैत्री संरचनाको निर्माण गर्नुपर्नेमा जोड दिँदै फरक क्षमता भएका व्यक्तिका लागि विभिन्न प्रकारको सामाजिक सुरक्षासम्बन्धी कार्यक्रम गर्दै आएको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।