अबको केही दिन दिउँसो घाम र राति पानी, त्यसपछि मनसुन थप सक्रिय हुने

 साउन १४, २०८१ सोमबार ७:२७:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा केही दिनदेखि दिउँसो घाम लाग्ने र राति पानी पर्ने हुन थालेको छ । गएराति देशका धेरै ठाउँमा पानी परेकोमा अहिले भने बिहानैदेखि चर्को घाम लागेको छ ।

काठमाण्डौसहित देशका धेरै ठाउँको मौसमको अवस्था अहिले यस्तै रहेको मौसमविद मिनकुमार अर्यालले जानकारी दिनुभयो । उहाँकाअनुसार मनसुन कम सक्रिय भएको बेला दिउँसो घाम लाग्ने र राति पानी पर्ने हुन्छ ।

अबको केही दिन मौसम यस्तै रहने र त्यसपछि मनसुन थप सक्रिय भएर देशका धेरै ठाउँमा दिउँसोसमेत पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । केही दिनदेखि मनसुन कम सक्रिय हुँदा दिउँसो केही ठाउँमा मात्रै पानी पर्ने गरेको छ । तर मनसुन थप सक्रिय भएपछि दिउँसो र रातिसमेत देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद् अर्यालले बताउनुभयो ।

आज कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया