सरकारले नौ महिनामा तीन खर्ब ६६ अर्ब रुपैयाँ ऋण उठायो
बैशाख ६, २०८२ शनिबार
काठमाण्डाै – गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताउनुभएको छ । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको आज पोखरामा उद्घाटन गर्दै उहाँले पूर्वराजावादी या अरू कुनै पनि नाममा हुने संविधानविरोधी गतिविधि तथा अस्थिरता निम्त्याउने कार्य कुनै पनि हालतमा क्षम्य नहुने बताउनुभएकाे हाे ।
मन्त्री लेखकले ठूलो सङ्घर्षबाट प्राप्त वर्तमान संविधानको रक्षाका लागि सबै तयार हुनुपर्नेमा जोड दिनुभयो । नेपालमा सात दशकको अवधिमा सात वटा संविधान बनेका भन्दै उहाँले वर्तमान संविधान लोकतान्त्रिक संविधान भएकाले यसैमार्फत हरेक समस्याको समाधान सम्भव भएको बताउनुभयो ।
संविधानभित्र रहेर आलोचना तथा अन्य रचनात्मक गतिविधि गर्न पाइने तर संविधान फाल्छु भन्नेजस्ता अराजक गतिविधि गर्न नपाइने उहाँको भनाइ छ । राज्यले प्रदान गर्ने सेवालाई नागरिकमैत्री तथा प्रविधिमैत्री बनाउँदै लैजानुपर्नेमा गृहमन्त्री लेखकको जोड छ ।
सुरक्षा गोष्ठीमा गण्डकी प्रदेशअन्तर्गतका सबै जिल्लाका सुरक्षा समितिका पदाधिकारीको उपस्थिति छ । मन्त्री लेखकले आजै सङ्घ मातहत रहेको आपत्कालीन गोदामघर गण्डकी प्रदेश सरकारलाई हस्तान्तरणसमेत गर्नुभयो । मुख्यमन्त्री सुरेन्द्र पाण्डेले गोदामघर हस्तान्तरणसँगै विपद् उद्धार कार्यलाई एकद्वार प्रणालीमार्फत गर्न सहयोग पुग्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।