जेनेरेटिभ एआईको प्रयोगले बालबालिकाको सिर्जनात्मक क्षमता र बौद्...
पुस ८, २०८१ सोमबार
चितवन – नारायणघाट–मुग्लिन सडक खण्डको सिमलतालमा भएको दुर्घटनामा बेपत्ता बसको खोजी गर्ने क्रममा हराएको भारतीय टोलीको चुम्बक फेला परेको छ । बस खोजी गर्ने क्रममा गएको शनिवार १९ किलोको चुम्बक र लाइफ ब्वाई ट्युब त्रिशूली नदीले बगाएर हराएको थियो ।
हराएको चुम्बक आज बिहान काभ्रेघाटको नारायणी नदीमा फेला परेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । चुम्बकसँगै लाइफ ब्वाई ट्युब पनि फेला परेको उहाँले बताउनुभयो । बस खोजी गर्नका लागि नेपाल आएको भारतीय टोली भने हिजै फर्किसकेका छन् ।
गएको असार २८ गते वीरगञ्जबाट काठमाण्डौतर्फ आउँदै गरेको र काठमाण्डौबाट गौरतर्फ जाँदै गरेको बस चितवनको सिमलतालमा पहिरोसँगै त्रिशूली नदीमा बेपत्ता भएको थियो । बसमा रहेका ६५ जनामध्ये तीन जना हाम फालेर बाँच्न सफल भएका थिए भने ६२ जना बेपत्ता भएका थिए ।
अहिलेसम्म २४ जनाको शव भेटिएको छ । तीमध्ये १८ जनाको पहिचान खुलेर परिवारलाई बुझाइसकिएको छ । अन्य ६ वटा शवको पहिचान खुल्न सकेको छैन । अझै ३८ यात्रु र बस भेटिएका छैनन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।