वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा बिजुली कटौती हुन थालेपछि ...
पुस ८, २०८१ सोमबार
काठमाण्डाै – भक्तपुरको सूर्यविनायक नगरपालिका–५ दधिकोट गडेधारा टोलका झन्डै ३० वटा घर डुबानमा परेका छन् ।
गएराति ढुङ्ग्रेखोलामा आएको बाढी बस्तीमा पसेपछि स्थानीयवासीको ३० लाख रुपैयाँभन्दा धेरैको क्षति भएको छ । मध्यरातिदेखि बस्तीमा पसेकाे पानी धेरैजसो घरको भुइँतलाभित्र चार फिटसम्म पुगेपछि धेरैको बिचल्ली भएको थियो । टोलमा रहेको नौ वटा गाडी र २० वटाभन्दा बढी मोटरसाइलसमेत पूरै डुबेर क्षति पुगेको छ ।
यस्तै गएराति नै गोदावरी खोलामा आएको बाढीले ललितपुरको टीकाथली र भक्तपुरको बालकोटका केही घर तथा पसल डुबेका छन् । गोदावरी खोलाको बाढीले पटक पटक छेउछाउका बस्ती डुब्ने गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।