रातभर पानी परेको काठमाण्डौमा बिहानैदेखि घाम, केही ठाउँमा दिउँसो ठूलो पानी पर्ने सम्भावना

 साउन १६, २०८१ बुधबार ७:३२:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ –  रातभर ठूलो पानी परेको काठमाण्डौमा बिहानैदेखि घाम चर्किएको छ । तर दिउँसोपख काठमाण्डौसहित धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेकाले केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् सरोज पुडासैनीले जानकारी दिनु भयो । अझै तीन दिन पानी पर्ने सम्भावना रहेको उहाँको भनाइ छ ।

अहिले पनि बाग्मती र गण्डकी प्रदेशका केही ठाउँहरूमा तथा बाँकी प्रदेशका थोरै ठाउँहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी परिरहेको महाशाखाले जाएको छ ।

गएराति ठूलो पानी परेपछि काठमाण्डौसहित विभिन्न ठाउँका नदी खोलाहरुमा बाढी आएको छ । बाग्मती र यसका सहायक नदीहरू हनुमन्ते, मनोहरा, धोवीखोला, विष्णुमती, नख्खु, बल्खुखोला लगायत नदी खोलामा बाढी आएको हो । नदी आसपासका कतिपय बस्तीमा बाढी पसेको छ ।

यस्तै रुपन्देहीको तिनाउ, नवलपरासी र चितवनको नारायणी र सिन्धुपाल्चोकको कोशीमा अहिले नदीको सतहले खतराको तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया